Section 14
प्रारम्भिक जाँचबुझ गर्ने
(१) दफा १३ बमोजिम उजूरी वा दफा १० बमोजिम वित्तीय जानकारी इकाईबाट विश्लेषणको निष्कर्ष सहितको जानकारी प्राप्त भएमा विभागको प्रमुखले त्यस्तो उजूरी वा सूचनाका सम्बन्धमा प्रारम्भिक जाँचबुझ गर्नु वा गराउनु पर्नेछ । (२) उपदफा (१) बमोजिम प्रारम्भिक जाँचबुझ गराउन विभागको प्रमुखले त्यस्तो उजूरी वा जानकारीको प्रकृति हेरी उपयुक्त समय दिई मातहतको कुनै अधिकृतलाई खटाउन सक्नेछ । (३) प्रारम्भिक जाँचबुझ गर्दा जाँचबुझ अधिकृतले यस ऐन अन्तर्गत अनुसन्धान अधिकृतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्नेछ ।